बलिउड अभिनेता टाईगर स्रफ चलचित्र ‘स्टुडेन्ट अप दी ईयर २’ मा देखिने भएका छन् । चलचित्रलाई करण जोहरले निर्माण गर्ने भएका छन् । यस अघि करणले ‘स्टुडेन्ट अफ दि ईयर’ निर्माण एवंम् निर्देशन गरेका थिए । जुन सुपरहिट भएको थियो । यो सोही चलचित्रको सिक्वेल हो । चलचित्रलाई टाईगर र पुनित मल्होत्राले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । चलचित्रमा को नायिका हुनेछिन् भन्ने खुलाईएको छैन् । नायिकाको नाम फेब्ररीमा बताईने करणले टुईटरमा टुईट गरेका छन् । निर्माण घोषणासँगै चलचित्र २०१८ को नोभेम्बर २३ मा रिलिज हुने भएको छ।