सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र ‘पद्मावत’ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ। लामो समयको विवाद पछि बिहीबारबाट प्रदर्शनमा आएको चलचित्रले सुरुको दिनमा धमाका ओपनिङ गरेको छ । बलिउड मिडियाको अनुसार चलचित्रले पहिलो दिनमा १८ करोड भारुको ओपनिङ गरेको छ । चलचित्र भारतभर ४६०० र भारत बाहिर ११०० सिनेमा हलमा रिलिज भएको छ । चलचित्रमा रणबिर सिंह, दीपिका पादुकोण, शाहिद कपूर, अदिति राव लगायतका कलाकारको अभिनय रहेको छ । भन्साली फिल्म्सको ब्यानरबाट निर्मित चलचित्रले कमाइको साथसाथै समिक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।