पहिरनको कारण प्राय मिडियामा छाइरहने नायिका हुन् –साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको होस या विशेष केही कार्यक्रम साम्राज्ञी बोल्ड भएरनै प्रस्तुत हुन्छिन् । उनको यस्तै बो्रल्डनेसको कारण पनि युवापुस्तामा उनी लोकप्रिय छिन् ।

केही समय अघि चलचित्र ‘ए मेरो हजुर २’को विशेष प्रदर्शनको लागी अस्ट्रेलिया पुगेकी साम्राज्ञीको पहिरनको चर्चा निकै भयो । अझ समुन्द्रमा खिचिएको बिकिनी फोटोले हंगामा मच्चाएको थियो  । यति बेला उनी चलचित्र ‘कायरा’को लागी फिलिपिन्समा छिन् । फिलिपिन्समा साम्राज्ञीले निकै मस्ती गरिरहेको उनले इन्टाग्राममा अपलोड गरेका तस्बिरहरूले प्रस्ट गर्छ ।

फिलिपिन्समा साम्राज्ञीको पोज 

चलचित्रमा साम्राज्ञीको साथमा आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ । तर साम्राज्ञीले अपलोड गरेका भिडियो र तस्बिरमा आर्यन कतै देखिएका छैनन् । आर्यन आफैले निर्माण गर्ने लागेको कायराको अधिकांश छायाङ्कन फिलिपिन्समा हुने बताइएको छ । लक्ष्मण रिजालको निर्देशनमा छायाङ्कन भइरहेको कायराका सम्पूर्ण टिम फिलिपिन्समा छन् । 
 

फिलिपिन्समा साम्राज्ञीको पोज  फिलिपिन्समा साम्राज्ञीको पोज