शुक्रवार राती चलचित्र कृ युनिट एक रोमान्टिक गीत छायाङ्कनको लागी स्कटल्याण्ड उडेका छन्। माघ २६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘कृ’ को बाँकी रहेको एउटा गीतको छायाङ्कनका लागी चलचित्रको टिम बेलायत उडेको हो। अनमोल केसी, अदिति बुढाथोकी, सुवास गिरि, सुरेन्द्र पौडेल सहित १० जनाको टिम बेलायत उडेको छ। तर यो टिमसँग नायिका जिया केसीपनि साथमा छिन् । सिने नगरीमा अभिनेता भुवन केसी र नायिका जिया केसीको सम्बन्ध कोहीसँग लुक्न सकेको छैन । बेलाबखत सार्वजनिक कार्यक्रममा एकसाथ देखिने जिया र भुवनले मिडियामा आफुहरुको सम्बन्ध खुलेर स्वीकार नगरेता पनि खुलेर होइन भन्न पनि सकेका छैनन् । शुक्रवार भुवनसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नायिका जियापनि देखा परिन् । सुरुमा जिया मिडियालाई देख्नासाथ आफ्नो बचाउ गर्ने लागिपरेकी थिइन् । यता भुवन भने अनमोल र अदितिको साथमा मिडियासँग अन्तक्रिया गर्दै थिए । केहीबेर सम्म जिया र भुवनको मिडियासँग लुकामारी नै चलेको थियो । अन्त्यमा भुवन स्वयम्ले जियालाई हात समातेर नै मिडियामा अगाडी ल्याएका थिए ।
हेर्नुस् यो भिडियो :-
भुवन केसीका हरेक प्रोजेक्टमा जियाको उपस्थिति हुने गर्दछ। ‘कृ’ मा उनको प्रत्यक्ष सहभागिता नभए पनि उनी हरेक ठाउँमा साथ पुग्ने गर्द्छिन्।