बाहुबली अभिनेत्री तमन्ना भाटीया माथि हैदराबादको एक कार्यक्रममा जुत्ता प्रहार भएको छ । गत आइतबार तमाना एक स्टोरको उद्द्घाटन गर्न हैदराबाद पुगेकी थिइन् । साेही कार्यक्रमको क्रममा उनलाई  ३१ वर्षीय करीमुल्लाह नाम गरेका व्यक्तिले माथि जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार भए लगतै  नारायणगुडा चौकीका प्रहरीले करीमुल्लाह समातेको छ । तमाना उद्घाटन सकेर बाहिर आउने बेला जुत्ता प्रहार भएको भारतीय मिडियाले बताएको छ ।