बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंश बिचको प्रेमसम्बन्ध कोही माझ लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् । लामो समयदेखि प्रेममा रहेका रणबीर र दीपिकाको चाँडै विवाह गर्ने खबर भारतीय सञ्चारमाध्यममा आइरहन्छ । तर यति बेला बलिउड गसिफ बजारमा यी दुईको विवाह भन्दा पनि नायिका दीपिका पादुकोण र अर्की नायिका कट्रिना कैफ बिचको झगडाले चर्चा पाइरहेको छ । खासमा दीपिका कट्रिनासँग निकै आक्रोसित भएको खबरले बाहिरिएको छ ।
यी दुईको लामो समय देखी बोलचाल छैन । केही वर्ष अघि दीपिका अभिनेता रणबीर कपुरसँग प्रेम सम्बन्धमा थिइन् । यी दुई खुलेर मिडियामा आफ्नो प्रेमलाई स्वीकार गरेका थिए । उक्त समय कट्रिनाले रणवीर कपुरलाई आफ्नो प्रेमजालमा पारेको भन्दै उनी आक्रोसित भएकी हुन् ।कट्रिना र दीपिकालाई नजिकबाट चिन्ने फिल्मकर्मीहरुले रणवीरले दीपिकालाई छोडेर कट्रिनासँग डेट सुरु गरेपछि सम्बन्ध बिग्रिएको बताउँछन् ।
यी दुवै अभिनेत्री एउटै कार्यक्रममा सँगै कम मात्रमा उपस्थित हुने गर्छन् । जसका कारण यी दुई अभिनेत्रीको पानी बाराबार भयो यी दुईनै रणबीर कपूरसँग छुटाइसकेका छन् । केही दिन अघि मिडियाले बिहेको प्रसङ्गमामा सोधेको प्रश्नमा दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने भने पछि उनीहरूको लडाइ फेरी सुरु भएको हो । उनले आफ्नो बिहेको कार्ड कट्रिनालाई नदिने खबर भारतीय मिडियाले उल्लेख गरेको छ ।