लामो समयको विवाद पश्चात् गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पद्मावत’ पुन विवादमा परेको छ । बक्स अफिसमा धमाका मच्चाइरहेको यो चलचित्रमा रानी ‘पद्मावती’को जीवनीलाई गलत तरिकाले देखाएको भन्दै राजपुत समाजको समूह करनी सेनले प्रदर्शन गरे पश्चात् अझै भारतका केही हलहरूमा प्रदर्शन भएको छैन । यति बेला उत्तरप्रदेशको मथुरा जिल्लामा रहेको ब्रजमण्डल क्षेत्रीय राजपुत महासभाका पदाधिकारीहरूले ‘पद्मावत’ निर्देशक सञ्जय लीला भन्सालीको टाउको काटेर ल्याउने लाई पुरस्कार दिने सम्बोधन गरेको छ । भारतीय मिडियाले उल्लेख गरे अनुुसारलाई पदाधिकारीहरूले भन्सालीको टाउको काटेर ल्याउने लाई चाँदीको थालीमा सजाएर उपहार स्वरूप ५१ लाख भारु इनाम दिने घोषणा गरेका छन् ।
उनीहरूले भन्सालीले इतिहासको तोडमोड गरेर राजपुतलाई तल देखाउने काम गरेको र रानी पद्मावतीको चरित्र हत्या गरेको आरोप लगाएका छन् । त्यस्तै राजपुत समाजले भन्सालीले गरेको गल्तीको सजाय दिएरै छोड्ने भन्दै भारतीय मिडियाले जनाएको छ । ‘पद्मावत’लाई भारत भित्र र भारत बाहिर कुनै पनि सिनेमा हलमा प्रदर्शन गर्ने नपाउने गरी सूचना टास्ने खबर भारतीय मिडियाले बताएको छ ।