सिनेपाटी‍ । नेपाली चलचित्र क्षेत्रमा लामो समय कुनै एक अभिनेत्रीको माग रही रह्यो भने ती हुन् रेखा थापा। फिल्म निर्माण प्रक्रिया, कथा वस्तु र प्राविधिक पाटोमा परिवर्तन आउँदै गर्दा रेखा थापाको ठाउँमा नयाँ अनुहार र नाम खोज्न थालियो। यस्तैबिच अभिनेत्री प्रियंका कार्कीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरिन्।

किन सस्तो बन्दै छिन् प्रियंका कार्की?

सौन्दर्य प्रतियोगिता कार्कीको ब्याकग्राउन्ड हो।मिस टिनको उपाधि जितेसँगै अमेरिका गएकी उनले रोचक मैनालीसँग विवाह गरिन्। तर पतिसँगको सम्बन्ध लामो समय टिक्न नसकेपछि प्रियंका नेपाल फर्किएकी थिइन्। उनले चलचित्र ‘थ्रि लर्भस’बाट चलचित्रमा डेब्यु गरिन्। उनी अभिनित पहिलो चलचित्र सफल हुन सकेन। तर प्रियंका निर्माता, निर्देशकको आँखामा परिन्। अमोरिकामा अभिनय पढेर आउनुले उनलाई थप साथ दियो।

किन सस्तो बन्दै छिन् प्रियंका कार्की?

प्रियंकाको फरक शैली, फेसन र मेकअप सेन्स, मिडियासँग प्रस्तुत हुने तरिका आकर्षणको केन्द्र बन्यो। उनको फरक व्यक्तित्वलाई फलो गर्नेको जमात बढ्यो। युवामाझ उनी फेसन आइकन नै भइसकेकी छिन्। उनी आफै पनि भन्छिन्,'फिल्म क्षेत्र मेरो रहर मात्र होइन प्रोफेसन हो। पढेको मान्छेपनि यो क्षेत्रमा लाग्छन् र यहाँ नाम र दाम दुबै कमाइन्छ भन्ने संदेश दिन चाहन्छु।' प्रियंका आफूले नेपाली चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न लागि परेको बताउँछिन्।

चलचित्र क्षेत्रमा प्रियंकाले ५ वर्ष भन्दा बढी बिताइसकेकी छिन्। यो अवधीमा उनले करिब तीन दर्जन चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। लोभलाग्दो फ्यान फलोइङ बटुलेकी प्रियंकालाई प्राय एउटै प्रश्न तर्ेसिरहन्छ- किन धेरै चलचित्रमा काम गर्नु हुन्छ? उनले केही समय पहिला एक कार्यक्रममा उमेर रहुन्जेल अभिनय गरिहने बताएकी थिइन्। पछिल्लो समय प्रियंका चलचित्रको कथा बस्तु भन्दा पनि पैसाको लागी काम गर्न थालेको टीकाटिप्पणी सिने नगरीमा हुन थालेको छ। ‘बलिउडमा जस्तै ११ करोड पारिश्रमिक पाए वर्षमा एउटा मात्र चलचित्र गर्नेछु’ फिल्म बटरफ्लाई युनिटले आयोजना गरेको एक कार्यक्रममा उनले यसो भनेकी थिइन्।

किन सस्तो बन्दै छिन् प्रियंका कार्की?

उनी हालै चलचित्र ‘सुश्री सम्पत्ति’ र ‘एउटा यस्तो प्रेम कहानी’मा अनुबन्धित भइसकेकी छिन। उनको सामाजिक सञ्जाल नियाल्ने हो भने हरेक दिन प्रियंका कुनै म्युजिक भिडियो या त कुनै सर्ट मुभीको छायाङ्कनमा व्यस्त भएको देख्न सकिन्छ। यो वर्ष मात्र प्रियंका अभिनित आधा दर्जन चलचित्र रिलिज भइसकेका छन् भने केही चलचित्र अझै प्रदर्शनको पालो कुरिरहेको छ। प्रियंकाको व्यस्तता लोभ लाग्दो छ तर जता जस्तो प्रोजेक्टमा पनि हात हाल्दा उनले आफ्नो फलोअर्स र फ्यानको अपेक्षा मिट गर्न सक्लिन्? यसरी आमदानी र सम्बन्ध कायम राख्न उनले गर्ने कामहरुका कारण उनको स्टारडम धरापमा नपर्ला भन्न सकिदैन। दिनप्रति दिन प्रियंका सस्तो त बन्दै जानुले उनको दर्शकको सोचमा आउन सक्ने परिवर्तनलाई ध्यानमा राखे एउटा स्टाइलिस्ट र फरक सोच भएकी अभिनेत्रीले अझै केही वर्ष आइकन बनेर राज गर्ने सम्भावना छैन भन्न सकिन्न।