आज शुक्रवार नेपाली सिनेमा घरमा एक नेपाली र एक बलिउड चलचित्र प्रदर्शनमा आएको छ । जसमा नायक अनमोल केसी अभिनित चलचित्र 'कृ' र बलिउड अभिनेता अक्षय कुमार अभिनित 'प्याडम्यान' रहेको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र कृ यस वर्षको बहुप्रतिक्षित चलचित्र हो । चलचित्रको निर्माण घोषणा देखि प्रदर्शन मितिसम्म हेर्ने हो भने यसको चर्चा निकै छ । युवापुस्तामाझ लोभ लाग्दो क्रेज बनाएका नायक अनमोल केसीको करिब दुई वर्षको मेहनत पछि कृ तयार भएका हा् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतिमा रहेको ’कृ’मा अनमोल केसीको साथमा अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा, सम्पादन र निर्देशकिय पाटो सुरेन्द्र पौडेलले सम्हालेका छन् । चलचित्रको ट्रेलर, गीतहरूले निकै चर्चा पाइसकेको छ ।
यता बलिउडको प्रतिक्षित चलचित्र प्याडम्यान आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । यस अघि २६ तारिखमा रिलिज हुने भएता पनि अर्को ठुलो चलचित्र पध्मावत रिलिज हुने भएपछि प्याडम्यान पछि सरेको हो । यो चलचित्रमा अक्षय कुमार शीर्ष भूमिकामा देखिएका छन् । सामाजिक सन्देश बोको चलचित्रमा अक्षय कुमारको साथै सोनम कपुर, राधिका अप्टे यो चलचित्रको मुख्य भूमिकामा छन् । आर बल्की यो चलचित्रका निर्देशक हुन् ।अक्षय कुमारले पछिल्ला केही बर्षयता विशेषगरि सामाजिक सन्देश दिने चलचित्रमा काम गरिरहेका छन् । उनको यो चलचित्रले पनि महिलाहरूलाई सचेतना जगाउन खोजेको छ ।