बलिउड अभिनेत्री प्रियंका चोपडाको अङग्रेजी गीत सार्वजनिक भएको छ । ’योङ्ग एण्ड फ्रि’ नामक गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको शब्दलाई प्रियंका स्वयम्ले लेखेकी छिन् । हालै उनले दिएको एक अन्तर्वार्तामा उनले यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको र गीतमा युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेको बताएकी छन् । सो गीतमा प्रियंकाको आवाज लाई हलीउड गायक विल स्पार्कले साथ दिएका छन् ।