कलाकारको लागी अवार्डको ठुलो महत्त्व हुन्छ । तर कतिपय यस्ता कलाकार छन् जो अवार्डलाई खासै महत्त्वपूर्ण मान्दैनन् । बलिउड अभिनेत्री सोमन कपूरले आफूले चलचित्र अवार्ड पाउनका लागी नखेलेको अभिव्यक्तिले यति बेला बलिउड मिडियामा राम्रै स्थान पाइरहेको छ । केही दिन अघि ६४ औँ राष्ट्रिय अवार्डमा सोनमले चलचित्र ‘निरजा’बाट अवार्ड हात पारेकी थिइन् । अवार्ड पाए लगत्तै आफू चलचित्रको एक पात्र मात्र भएको बताएकी थिइन् । राम्रा काम गर्नलाई सिनेमामा आएको बताएकी सोमनले अवार्ड पाउनको लागी मात्र चलचित्र नगर्ने बताइन् । यति बेला सोनम कपुर अभिनित चलचित्र ’प्याड म्यान’ प्रदर्शन भइरहेको छ ।