बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘परी’को ट्रेलर सार्वजनिक भएको छ । हालै युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ । हरर कथा बस्तुमा आधारित परी अनुष्काको होम प्रोडक्सनबाट निर्मित यो तेस्रो चलचित्र हो । पारोसित रोएको निर्देशन रहेको चलचित्र आउँदो मार्च २ मा रिलिज हुने भएको छ ।