२०१७ मा विवादित बनेका कपिल शर्मा फेरी टेलिभिजन मार्फत फर्किने भएका छन् । केही समय चलचित्र र विवादमा रुमलिएका कपिलले कमेडीबाट ब्रेक लिएका थिए l हालै मात्र भारतीय संचारमाध्यमका अनुसार कपिलले नयाँ शो लिएर आउने खबर बाहीरीएको हो जसको पोष्टर पनि सार्वजनिक भइसकेको छ l

cinepati kapil sharma

कपिलको यो तेस्रो टेलिभिजन शो हो जुन पहिलेको भन्दा बिल्कुलै फरक हुनेछ l नयाँ शोमा सुनिल ग्रोवर भने हुने छैनन् l तर चन्दन प्रभाकर, किकु शारदा र सुमोना चक्रवती भने शोमा देखिनेछन् l सबैभन्दा पहिला उनको कार्यक्रम ‘कमेडी नाइट्स वीथ कपिल’ कलर्स च्यानलमा हिट भएको थियो l तर, केही विवादका कारण कार्यक्रममा रोक लागेको थियो l अब भने कपिलको नयाँ कार्यक्रमको नाम हुनेछ 'फ्यामिली टाईम वीथ कपिल शर्मा' l