बलिउडको चर्चित ब्यान्ड ‘सनम’ले नेपालमा कन्सर्ट दिने भएको छ । युट्युबमा दर्जन बढी बलिउड गीतहरू गाएर चर्चित बनेको यो ब्यान्ड यही फागुन १९ गते अर्थात् मार्च ३ तारिकका दिन शनिवार जाउलाखेल ग्राउन्डमा आफ्नो प्रस्तुति दिने भएका छन् । ‘सनम लाईभ नेपाल’ नाम दिइएको उक्त कार्यक्रम तीन बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै सनमसँगै नेपालबाट गायक स्वप्न सुमन, लाहुरे उर्फ आशिष् राणा र नवनिर्मित ब्यान्ड समिसन फिचरिङ सुशील र प्रसन्नले पनि आफ्नो प्रस्तुति दिने भएका छन् । प्यारादोक्स सिटी इन्क कम्पनीद्धारा आयोजित कार्यक्रमको टिकट मूल्य १५००, ३०००, ५००० रहेको छ । यस कार्यक्रमको औपचारिक टेलिभिजन पार्टनर इमेज च्यानल रहेको छ। आयोजकको अनुसार कार्यक्रमको लागी टिकट विभिन्न वेवसाइटहरुबाट खरिद गर्न सकिने बताइएको छ । जस्तै E-sewa, ticketmonkeys.com, daraz.com, aafnotickets.com, meroshows.com साथै काठमाडाैँ भरी ३० भन्दा बढी Dalle,newmew, जस्ता ठाउाँहरुमा उपलब्ध रहने छ ।