बलिउड चलचित्र ‘बाघी २’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन थ्रिलर चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्रोप खतरनाक रूपमा प्रस्तुत भएका छन् । मार्च ३० मा रिलिज हुने चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् । चलचित्रमा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई साजिद नाडीयडवालाले निर्माण गरेका हुन् । ‘बाघी’मा टाइगरको साथमा अभिनेत्री शारदा कपूरको अभिनय रहेको थियो । चलचित्र निर्माण टिमले बाघी २ रिलिज नहुँदै बाघी ३ निर्माण हुने घोषणा गरिसकेको छ ।