बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । हार्टअट्याकको कारण उनको निधन दुबईमा भएको हो । ५४ वर्षकी श्रीदेवी एक विवाहमा सामिल हुन श्रीमान् र छोरीको साथमा दुबई पुगेकी थिइन् । अचानक हार्टअट्याक भएपछि उनले दुबईमा अन्तिम सास फेरेकी हुन् । उनको निधनको खबरले यति बेला बलिउड स्तब्ध बनेको छ । ट्विटरमा श्रीदेवीलाई सिद्धार्थ मल्होत्रा देखी प्रियंका चोपडासम्मले श्रद्धाञ्जली दिएका छन् । श्रीदेवीले सन् १९७५ मा चलचित्र जालीबाट बलिउडमा डेव्यु गरेकी थिइन् । बाल कलाकारको रूपमा डेव्यु गरेकी उनले हिम्मतवालाबाट रातारात स्टार बनेकी हुन् । श्रीको अन्तिम चलचित्र गतबर्ष प्रदर्शन भएको मम हो ।