चलचित्र क्षेत्रमा कलाकारहरू एक अर्कासँग नबोल्नु नौलो कुरा होइन । बिशेषत नायिकाहरू कमैमात्र साथी भएको सुनिन्छ । यति बेला कुरा गरौँ अभिनेत्री प्रियंका कार्की र नव–नायिका जसिता गुरुङको बारेमा । सिनेबृतमा मिलनसार अभिनेत्रीमा प्रियंकाको नाम अगाडी आउँछ । उनको कोहीसँग झगडा भएको खबर या सम्बन्ध बिग्रिएको खबर खासै मिडियामा आउदैन् । आइतबार राजधानीमा चलचित्र ‘लिलीबिली’को गीत सार्वजनिक कार्यक्रममा प्रियंका र जसिता बिच बोलचाल परको कुरा एकअर्काको मुख हेर्ने समेत नचाहेको दृश्य प्रस्ट हुन्थ्यो ।
यी दुवै नायिकाले ‘लिलीबिली’मा काम गरेका छन् । कार्यक्रम भर यी दुई एकअर्कासँग बोलिरहेका थिएनन् । अझ राेचक त जब कार्यक्रममा अभिनेता सबिन श्रेष्ठको जन्मदिनको केक काट्ने समारोह थियो । केक काट्नेक्रममा प्रियंका आफ्नो सिटमा बसेकी थिइन् भने जसिता र नायक प्रदीप खड्का उभिरहेका थिए । पछि जसिता प्रियंकासँगैको सिटमा बसिन् । त्यसको केही बेरमा जसिता उठिन् र बसेको सिट छोडेर अर्को सिटमा बसिन् । यी दुई नायिका बिचमा प्रदिप बसे, तर लगत्तै प्रदीप उठेर गएपछि प्रियंका र जसिताबिच केही बेरसम्म बोलचाल भएन् । जसितालाई अप्ठारो लागेछ क्यारे उनी उठेर केक काटिरहेको ठाउँमा गइन् । केही छिनमा प्रियंका पनि काटेकाे ठाउँ पुगिन् ।
यो घटनाक्रम नियालि रहन्दा लाग्थ्यो यी दुई नायिका बिच सम्बन्ध पक्कै राम्रो छैन ।