भाेजपुरी सुपरस्टार पवन सिंहले अभिनेत्री अक्षरा सिंहलाई पिटेका छन् । सुटिङको क्रममा अभिनेत्री अक्षरा सिंहलाई मदिरा सेवन गरी पवन सिंहले पिटेको भारतीय मिडियाले उल्लेख गरेको छ । यो सबै घटनालाई भारतीय पत्रकार शशिकांत सिंहले फेसबुकमा पोस्ट गरेका छन् । उनको अनुसार, घटना बिहीबार राती करिब ११ बजे होटेल सिलवासामा भएको थियो । पवनले मदिरा धेरै सेवन गरी कोठा बाहिर निस्किन लागेको बेला अक्षराले उनलाई बाहिर जान रोकेकी थिइन । तर पवनले अक्षराको कुरा नसुनी उनलाई अपशब्द प्रयोग गरी पिटेको बताइएको छ । उनले अक्षराको टाउको समाई भीतामा ठोकाएका थिए । पीटाइको कारण अक्षराको हातमा गम्भीर चोट लागेको भारतीय समाचारले उल्लेख गरेको छ जनाएको छ ।