दुर्लभ कृष्णसारको सिकार गरेकोमा दोषी ठहर भएका चर्चित बलिउड अभिनेता सलमान खानलाई जमानतमा अदालतले रिहा गरेको छ । सन् १९९८ जोधपुरमा चलचित्र ‘हम साथ साथ हे’को छायाङ्कनको क्रममा सलमान विरुद्ध कालो हरिण सिकारको केस दर्ता गरिएको थियो । अभिनेता सलमान खान जेल बाट रिहा भएपछि उनलाई भेट्नका लागी बलिउडका सेलिब्रेटीहरु उनका घरमा पुगेका छन् । यसै क्रममा अभिनेत्री कट्रिना कैफ पनि सलमान लाई भेट्न उनको घरमा पुगेकी छिन् । सलमान बाहिरिन साथ कट्रिना उनको घर पुगेकी थिइन् । केही वर्षअघि सलमान र कट्रिना लामो समयसम्म एकअर्काको प्रेममा थिए । तर प्रेम छुटेता पनि यी दुई एकअर्कासँग भने नजिक थिए । यही वर्ष कट्रिना र सलमानको ‘टाइगर जिन्दा हे’ रिलिज भइसकेको छ । सलमानलाई कट्रिनासँगै बरुण धवन, बबी देओल, कबिर खान, प्रभु देवा, ज्याक्लिन फर्नाडीज, डेजि शाह लगायतका कयौँ कलाकार पुगेका थिए ।