केही समय अघि नायक सलिनमान बँनिया नयाँ अनटाइटल चलचित्रको लागी अनुबन्धित भएको समाचार बाहिरिएको थियो । पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्रमा नायिकाको तीव्र रूपमा खोजी भइरहेको बताइएको थियो । तर यति बेला सिनेबृतमा उक्त चलचित्रमा अनुबन्धित भइसकेकी नायिका वर्षा राउतले चलचित्र छोडेको खबर बाहिरिएको छ । सलिनको अपोजिटमा वर्षा अनुबन्धित भइसकेकी थिइन् ।तर, चलचित्र गरिरहन्दा धेरै सर्तहरू अपनाउनु पर्ने भएको कारण वर्षाले सलिनसँगको चलचित्र छोडेको बताइएको छ । बुझिए अनुसार यो चलचित्रमा अनुबन्धित हुनु अगावै वर्षाले एक विज्ञापनको लागी कमिटमेन्ट गरिसकेकी थिइन् । यता चलचित्र निर्माण पक्षले विज्ञापन खेलेमा चलचित्र छोड्नु भनेपछि वर्षाले हात परेको सिनेमा छोडेकी हुन् । यस बारेमा नायिका वर्षा राउतसँग बुझ्न खोज्दा उनले केही बोल्न चाहिन्न् ।