बलिउड अभिनेता अजय देवगनमुख्य भूमिका रहेको चलचित्र ‘रेड’ सय करोडमा प्रवेश गरेको छ । १६ मार्चबाट प्रदर्शनमा आएको चलचित्र रेडले करिब १००.१४ करोड व्यापार गरेको छ।  ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीट अनुसार, पहिलो दिन १०.४ करोड कमाएको चलचित्रले दोस्रो दिन १३.८६ करोड कलेक्सन गरेको थियो । त्यस्तै चलचित्रले तेस्रो दिन १७.११ र चौथो र पाँचौँ दिन क्रमशः ६.२६ करोड र ५.७६ करोड भारुको कमाई गरेको थियो । छैटौँ दिन बुधवार ५३.०३ करोडको कलेक्सन गरेसँग चलचित्रले ६ दिनमा भारतबाट मात्रै १ सय १४ करोड कमाई गरेको हो। राजकुमार गुप्ताको निर्देशन रहेको चलचित्रमा अजयसँगै इलियाना डिक्रुज, सौरभ शुक्ला र अमित सायल लगायत कलाकारहरूको अभिनय रहेको छ।