बलिउड चलचित्र ‘राजी’को ट्रेलर सार्वजनिक भएको छ । सत्य घटनामा आधारित चलचित्रको ट्रेलरमा अभिनेत्री आलिया भाट्ट मुस्लिम समुदायका महिलाहरूले लगाउने बुर्कामा प्रस्तुत भएकी छन् । चलचित्र १९७१ मा भएको भारत र पाकिस्तानको युद्धको कथामा आधारित छ ।जसमा आलिया कश्मिरी महिला जासुस बनेर पाकिस्तानी पुरुषसँग विवाह गर्छिन् । धर्मा प्रोडक्सन र जंगली पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई मेघना गुलजारले निर्देशन गरेका हुन् । चलचित्रमा आलियाको साथमा अमृता खानवलकर र सोनी राजदान लगायत कलाकारहरू अभिनय रहेको छ । चलचित्र मे ११ मा रिलिज हुदैँछ ।