बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा टिजरमा रणबीर विभिन्न लुक्समा प्रस्तुत भएका छन् । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कप्ुरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्रको टिजरमा सञ्जयको विवादित कुराहरूलाई समावेश गराइएको छ । टिजरमा सञ्जय दत्तको सुरुवाती दिन देखिको उतार चढावलाई देखाइएको छ । जुन २९ मा रिलिज हुन लागेको चलचित्रमा रणबीरको अलावा दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।