बलिउड अभिनेता सलमान खान अभिनेता चलचित्र रेस ३ यति बेला सिनेमा हलमा प्रदर्शन भइरहेको छ । भारतभर करिब ४६०० र भारत बाहिर ११०० हलमा प्रदर्शन भएको चलचित्रले ओपनिङ्ग राम्रो गरेको छ । इदको अवसरमा प्रदर्शन भएको चलचित्रले पहिलो दिन शुक्रवार २९.१७ करोडले अपोनिङ्ग गरेको छ । जुन यो वर्षको सबै भन्दा धेरै अपोनिङ्ग हो । यसअघि टाइगर शार्फको चलचित्र बाघी २ ले २५.१० करोडको अपोनिङ्ग गरेको थियो । त्यस्तै चलचित्रले दोस्रो दिन ३८.३४ करोड बढीको कमाई गरेको बलिउड मिडियाले उल्लेख गरेको छ ।  चलचित्रले २ दिनमा भारतबाट मात्रै ६७.३१ करोड कमाई गरेको छ । रेमो डीसुजाको निर्देशन रहेको चलचित्रमा सलमान सँगै ज्याक्लीन फरनान्डेज, अनिल कपुर,डेसी शाह,बिक्की कौसल,बबी देवल,आदित्य पंचोली लगायतको अभिनय रहेको छ ।