बलिउडकी एकसमयकी चर्चित अभिनेत्री जूही चावला नेपाल आएकी छिन् । पछिल्लो समय बलिउडका कलाकारहरू नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा जूही नेपाल आइपुगेकी हुन् । उनले आज करिब २ बजेतिर ट्विटरमा बौद्ध घुमिरहेको तस्बिर पोस्ट गरेकी थिइन् । उनले उक्त तस्बिरमा आफू बौद्ध स्तुपाको प्रशंसा गरेकी थिइन् । जुही नेपाल किन र कहिले आइन् भन्ने केही खुलेको छैन ।