बलिउड अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ’राजी’ ले विश्वभर २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । चलचित्रका सह निर्माता करण जोहरले सामाजिक सञ्जाल मार्फत सो खबर सार्वजनिक गरेका हुन् । गत बुधवारको करणले ट्विटर मार्फत ,“एक गर्वको चलचित्र विश्वभरि करिब दुई करोड रुपैयाँ कमाएको’भन्दै लेखेका थिए । आईएएनसको तख्याकं अनुसार मेघना गुल्जर द्वारा निर्देशित चलचित्र राजीले पहिलो दिनमा ३२.९४ करोड रुपैयाँ कमाई गरेको थियो । चलचित्र भारतमा ४५० हल र भारत बाहिर ४२ देशहरूमा रिलिज गरिएको थियो । १९७१ मा भएको भारत र पाकिस्तान पृष्ठ भूमिमा आधारित रहेर बनाइएको चलचित्रमा आलिया जासुसको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा विक्की कुशलको मुख्य भूमिका रहेको छ ।