बलिउडमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंह बिचको प्रेमसम्बन्धी कोही सामु लुक्स सकेको छैन । यी दुई प्रेममा रहेको निकै वर्ष भइसकेको छ । केही समयअघि ब्रेकअप भएको समेत खबर बाहिरिएता पनि यति बेला बलिउडमा यी दुईको विवाहले माहौल गर्माएको छ । भारतीय मिडिया अनुसार रणबीर र दीपिका विवाहको तयारीमा अन्तिम अवस्थामा पुगिसकेका छन् । केही समय अघि यी दुई उदयपुरमा विवाह गर्दै छन् भन्न खबर बाहिरिएको थियो । उक्त समय रणबिर र दीपिकाले खबर गलत भएको बताएका थिए । तर यति बेला दीपिका र रणबीरको विवाहको कुराले नयाँ मोड लिएको छ । भारतीय मिडिया अनुसार यी दुईको विवाह १० नोभेम्बरमा पक्का हुने बताइए पनि कहाँ हुन्छ भनेर चाही खुलाइएको छैन । बुझिए अनुसार भारतको बगलौर या त इटलीमा विवाह हुनसक्ने बताइएको थियो ।