२०१८ को सुरुवात सँगै बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ’पद्यमावत’ रिलिजमा आएको थियो । पद्यमावत बाहेक दीपिका अभिनीत कुनै चलचित्रहरू प्रदर्शनमा आएका छैनन् । बलिउड मिडिया अनुसार दीपिका पादुकोणले स्वर्गिय बलिउड अभिनेत्री श्रीदेविको हिट चलचित्रको रिमेकमा देखिने भएकी छिन् । तथापि चलचित्रको नाम भने हाल सम्म सार्वजनिक गरिएको छैन । चलचित्रलाई दक्षिण भारतमा एक नाम चलेका निर्माताले निर्माण गर्ने भएका छन् भने बलिउडका निर्देशकले निर्देशन गर्ने भएका छन् । भारतीय मिडिया अनुसार चलचित्रको हाल राइट्सको विषयमा कुरा भइरहेको छ ।