बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा बायोपिक बन्ने भएको छ । ‘करनजीत कौर (द अनटोल्ड स्टोरी अफ सन्नी लियोन) नाम रहेको उक्त चलचित्रको पहिलो मोसन पोस्टर पनि सार्वजनिक भएको छ । भारतीय मिडिया अनुसार चलचित्र चलचित्र यही आउँदो जुलाईबाट रिलिज हुने छ । भारतीय मिडिया अनुसार सन्नीको उक्त बायोपिक सिनेमा हल भन्दा पनि जी फाइभ टेलिभिजनबाट प्रसारण हुनेछ । सन्नीले केही समय अघि आफ्नो बायोपिकको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै ‘चाँडै मेरो जीवन खुल्ला किताब जस्तो हुनेछ ।’ भनेर लेखेकी थिइन् । ४० सेकेन्डको उक्त सार्वजनिक मोशन पोस्टरमा सन्नीको दुई फरक पक्षहरू देखाइएको थियो । उनको बाल्यकालको तस्बिर देखि बलिउडमा आउनु अघि र आएपछिको केही अंशहरूलाई देखाइएको छ ।