सिने नगरीमा पछिल्लो केही वर्ष यता निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको विवाहको निकै चर्चा हुने गरेको छ । यी दुई कहिले साइत हेराउने, कहिले दसैँमा विवाह गर्ने लगायतका कुरा मिडियामा भनिरहेका हुन्छन् । त्यस्तै सिनेनगरीमा छवि र शिल्पाको बिहे भइसकेको भन्नेको पनि कमी छैन ।

तर दुवैले मिडियामा आफूहरू विवाह नभएको र हुन सक्ने सम्भावना बढी रहेको बताउँदै आएका छन् । तर यति बेला अभिनेत्री तथा छविकी पूर्व पत्नी समेत रहेकी रेखा थापाले छवि र शिल्पाको विवाह भइसकेको बताएकी छिन् । उनले एक स्मारिकामा आफ्नो भनाई राख्दै छवि र शिल्पाको विवाह दुई वर्ष अगाडी भएको लेखेकी छिन् । रेखाले मिडियाले आफूलाई छविको नाम जोडेर प्रहार गरिरहेको र आफ्नो डिभोर्स भइसके पश्चात् शिल्पासँग बिहे भएको दुई वर्ष भएको बताएकी छिन् ।