गत महिना रिलिज भएको चलचित्र ‘वीर दी विडिइङ’को सिक्वेल बन्ने भएको छ । दर्शकबाट राम्रो प्रतिक्रियाको साथै व्यावसायिक हिसाबले राम्रो कमाई गरेको चलचित्रको सिक्वेल बन्ने भएको छ । चलचित्रको हाल प्री–प्रोडक्सनको काम भइरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्रमा सोनम कपुर र स्वारा भास्करको मुख्य भूमिका रहने छ भने अर्की अभिनेत्री करिना कपुरको हुने छिन् या छैन खुलाइएको छैन । व्यावसायिक हिसाबले सुपरहिट बनेको चलचित्र ‘वीर दि विडिइङ’मा चार साथीहरू बिचको फरक रूपलाई देखाइएको छ । चलचित्रलाई शाशंक घोषले निर्देशन गरेका हुन् ।