गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’ले यति बेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपुरले गरेका छन् । चलचित्रबाट रणबीरको अभिनयले निकै तारिफ पाइरहेको छ । चलचित्रमा रणबीरको अभिनय साथै सञ्जय जस्तै दुरुत कसरी देखिए भन्ने प्रश्न आइरहन्दा यति बेला सञ्जु निर्माण टिमले युट्युबमा एउटा भिडियो सार्वजनिक गरेको छ । जसमा रणबीरको सञ्जय दत्त बन्ने यात्रालाई समावेश गरिएको छ । हरेक सिनलाई विशेष बनाउन निर्माण पक्षले एकदमै मेहनत गरेका छन् । विशेष गरी निर्देशक राजकुमार हीरानीले रणबीरलाई सञ्जय जस्तो बनाउन हरेक सिनमा ध्यान दिएका छन् । सञ्जुमा रणबीर कपुरको अलावा सोनम कपुर,बिक्की कौशल,परेस रावल,अनुश्का शर्मा, मनीषा कोइराला लगायतको अभिनय रहेको छ ।