बलिउड अभिनेता नवाजुद्दीन सिद्दकी कानुनी झमेलामा परेका छन् । आफू अभिनीत वेब सिरिज’सेक्रेड गेम्स’को कारण उनी कानुनी झमेलामा परेका हुन् । बङगालका एक काङग्रेसका कार्यकर्ताले नवाजुद्दीन माथि एफआईआर दर्ता गराएका हुन् । राजीव सिन्हा नाम गरेका उनले नवाजुद्दीनले पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई तुच्छ शब्द प्रयोग गरेको भन्दै पुलिस स्टेसनमा उजुरी दिएका थिएन ।
सिरिज एक एपीसोडमा नवाजुद्दीनले राजीव गान्धीलाई ’फटाहा’ भनेको सुनिन्छ । सिन्हाले आफ्नो उजुरी पत्रमा भनेका छन् कि ’नवाजुद्दीन’जो यस श्रृंखलामा गणेश गतीदेनको भूमिकामा छन्, उहाँले हाम्रो पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई फटाहा भनेका छन् , जुन उपशीर्षकमा लेखिएको छ ।