बलिउडका दुई सुपरस्टार रजनीकान्त र अक्षय कुमारको नयाँ चलचित्र ‘२.०’ आफ्नो प्रदर्शन मिति तय गरेको छ । यस अघि अक्षयको ‘प्याडम्यान’को अघि रिलिज गरिने भनिएको चलचित्र अब नोबेम्बरमा रिलिज हुने भएको हो । केही समयअघि दिवालीमा चलचित्र रिलिज हुने भन्ने खबर आएता पनि चलचित्रको भिएफएक्सको काम बाँकी रहेको कारण बारम्बार रिलिज डेट पोस्पोण्ड गरिएको थियो । बलिउड मिडियाले उल्लेख गरेको अनुसार चलचित्र अब नोबेम्बर २९ तारिकमा रिलिज हुने भएको छ । चलचित्रको पोस्टर रिलिज भइसकेको छ । जसमा अक्षय कुमार भिलेनको रूपमा प्रस्तुत भएका छन् । चलचित्रमा रजनीकान्त र अक्षयको साथमा एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ । २.० यो वर्ष २०१८ सालकाे सबै भन्दा महँगो चलचित्रको रूपमा लिइएको छ । चलचित्रमा ४५० करोड लगानी रहेको र १०० करोड मात्र भिएफएक्समा खर्च भएको भारतीय मिडियाले जनाएको छ ।