बलिउडका निर्माता तथा निर्देशक करण जौहरले नयाँ फिल्मको घोषणा गरेका छन् ।‘ए दिन है मुस्किल’ पछि करणले ‘तख्त’ नामक फिल्म घोषणा गरेका हुन् । मल्टिस्टारर फिल्ममा रणवीर सिंह, करीना कपूर खान, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्हवी कपूर र अनिल कपूरको मुख्य भूमिका रहने छ । फिल्मको निर्देशन करण स्वयंम गर्दैछन् । करणले ट्विइटरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै २०२० मा फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।