पछिल्लो केही दिन यता नायिका आँचल शर्मा विवादमा मुसिएकी छिन् । नायक पल शाहसँगको सम्बन्धको कारण चर्चामा आएकी आँचल प्राय सामाजिक सञ्जालमा आफ्नो विचारहरू पोस्ट गर्दिनन् । तर केही दिन अघि उनले एक स्टाटस् लेखेकी थिइन् । जुन स्टाटसको चर्चा यति बेला सिनेवृतमा निकै भइरहेको छ । उनले लेखेकी छिन् ‘‘रुदै रुदै लगानी गर्ने अनि कलाकारिता गर्ने देखेर हाँसो लाग्यो । सरी नट सरी ’ आँचलले यो स्टाटस् पोस्ट गरेको केही समयमा नै उनले मिश्रित प्रतिक्रिया पाइन् ।
कमेन्टमा उनलाई धेरैले अर्की नायिका पूजा शर्मालाई व्यङ्ग्य गरेको भन्दै गाली गरेका थिए । के आँचलले उक्त स्टाटस् पूजाको लागी थियो ? आँचलको उक्त पोस्टमा पूजालाई जोडेर कमेन्ट आउन थालेसँगै उनले त्यो पोस्ट फेसबुकबाट हटाइसकेकी छिन् ।
सबैलाई थाहा छ पूजा र आँचलको सम्बन्ध राम्रो छैन । आँचलको स्टाटस आउनु केही दिन अघि पूजाले चलचित्र विकास बोर्डको अध्यक्ष निकिता पौडेलमाथि खनिएर एउटा स्टाटस् लेखेकी थिइन् । जसमा चलचित्र रामकहानीसँग अभिनेता प्रदीप खड्काको रोजी आउने भएपछि पूजाले निकितामाथी आक्रोश पोखेकी थिइन् । सोही कारण आँचलको उक्त स्टाटस् पूजाको लागी हुन सक्ने यति बेला सिनेनगरीमा चर्चा सुरु थालेको छ ।