चलचित्र प्रेमगीतबाट जोडिएका हुन् अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा । यी दुई कलाकारको पहिलो सफल चलचित्र नै प्रेम गीत हो । यही चलचित्रबाट दुवैको चर्चा चुलियो पनि तर यी दुईको सम्बन्ध भने धेरै माथि जान सकेन । एकसाथ पहिलो सफल दिएका प्रदीप र पूजाको सम्बन्ध यति बिग्रिएयो की उनीहरू एकअर्काको मुख समेत हेर्ने रुचाउँदैनन् । अझ गत वर्ष यी दुईको चलचित्र ‘प्रेम गीत २’ र ‘म यस्तो गीत गाउँछु’ केही साताको अन्तरमा रिलिज भएको थियो ।
त्यो बेला सामाजिक सञ्जाल लगायत मिडियामा यी दुईको टकराबले मिडियामा निकै स्थान पाएको थियो । यति बेला प्रदीप र पूजाको चलचित्र पुनः एकसाथ एकै दिन रिलिज हुर्दैछ् । भदौ २२ गते प्रदीप अभिनीत रोजी र पूजा अभिनीत रामकहानी प्रदर्शनमा आँउदैछन् । प्रदीपको रोजी रिलिज हुने भन्ने समाचार बाहिरिएसँगै पूजाले फेसबुकमा लामै स्टाट्स लेखेर चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलमाथि आक्रोश पोखेकी थिइन् । कति ले पूजासँग एकसाथ चलचित्र जुधाउनु प्रदीपको योजना पनि रहेको भन्ने आरोप लगाएका थिए । तर प्रदीप यसकुरालाई भने मान्दैनन् । सिनेपाटीसँग कुरा गर्नेक्रममा प्रदीप आफूलाई उक्त मितिमा रामकहानी आउने थाहा नभएको जानकारी दिए । उनी भन्छन् ‘चलचित्र रिलिज कुन मितिमा गर्ने मेरो हातमा हुर्दैन् ।हामीले कुनै चाँडबाँडको अवसर पारेर तीजमा रिलिज गर्ने तयारीमा थियौ । सोही कारण तिजलाई लक्षित पारेर हामीले भदौ २२ गते रोजेका थियौ । मलाई थाहा थिएन् सोही मितिमा पूजा शर्माको रामकहानी रिलिज हुँदैछ ।’ आफूले चलचित्र एकसाथ नजुधाउन कुरा गरेको प्रदीप दाबी गर्छन् ।