बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र 'गोल्ड'ले विश्वभर १०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । साथै साउदी अरबमा रिलिज हुने यो पहिलो बलिउड चलचित्र बनेको छ । अक्षयले सामाजिक सञ्जाल मार्फत सो खबर सार्वजनिक गरेका हुन् । अक्षयले ट्विटर मार्फत 'पहिलो पटक गोल्ड मेडल जितेको कहानीलाई साउदी अरबमा रिलिज गरिँदै छ, यो बताउन पाउँदा खुशी लागेको छ',भन्दै लेखेका थिए ।
आईएएनसको तख्याकं अनुसार रिमा कागतीद्वारा निर्देशित चलचित्र 'गोल्ड'ले पहिलो दिनमा २५.२५ करोड रुपैयाँ कमाई गरेको थियो । चलचित्र भारतमा ४५० हल र भारत बाहिर ४२ देशहरूमा रिलिज गरिएको थियो । १९४८ मा भएको ओलम्पिक पृष्ठभूमिमा आधारित रहेर बनाइएको चलचित्रमा अक्षय हक्की कोच 'तपन दास'को भूमिकामा देखिएका छन् l चलचित्रमा उनको साथमा मोनी रोयको मुख्य भूमिका रहेको छ ।
Promoted Content -