यो साता एकसाथ दुई चलचित्र ‘राकहानी’ र ‘रोज’ प्रदर्शनमा आउँदै छन् । यति बेला यो दुवै टिम आफ्नो आफ्नो चलचित्र प्रमोसनमा व्यस्त छन् । प्राय जसो हरेक साता चलचित्रहरू जुधिरहेका हुन्छन् । तर रोज र रामकहानी बिचको टकराब भने केही फरक छ । यति बेला दर्शकहरू पनि बाँधिरहेका छन् रोज र रामकहानीलाई लिएर ।

अभिनेता प्रदीप खड्काको फ्यानहरु रोजको सपोर्टमा छन् भने अभिनेत्री पूजा शर्माका फ्यानहरु रामकहानीको सपोर्टमा छन् । विशेषतः सामाजिक सञ्जालमा प्रदीप र पूजाका फ्यानहरु एकअर्कामा खनिएर नै लागेको देख्न सकिन्छ । प्रदीप र पूजाको पहिलो सफल चलचित्र हो ‘प्रेम गीत’ । यो चलचित्रमा उनीहरू एकसाथ काम गरेता पनि त्यहीबाट यिनीहरू बिच शीतयुद्ध सुरु भएको हो । प्रेम गीत पश्चात् पूजा र प्रदीप एकसाथ देखिएका छैनन् । अझ गत वर्ष प्रेम गीत २ र म यस्तो गीत गाउँछु रिलिजको समय निकै चर्चा भएको थियो । केही साताको अन्तरमा यी दुई चलचित्र रिलिज भएको थियो । यस पटक पूजा र प्रदीप अभिनीत दुई चलचित्र एकसाथ रिलिज हुदैँछ । दुवैचलचित्रको टिम धूमधामले आफ्नो प्रमोसनमा लागिपरेका छन् । रोज टिम मङ्गलवार मात्रै मोफसल प्रमोसन सकाएर राजधानी फर्किएको छ भने यस पटक रामकहानी टिमले राजधानीमा नै प्रमोसन गरिरहेका छन् ।

हलमा यी दुईको टकराब हलमा हुने त पक्का छ तर यति बेला प्रमोसनमा पनि दुवै टिम एकअर्कासँग जुधाइरहेका छन् । यो दुवै टिम यति बेला राजधानीको विभिन्न स्थानमा कन्सर्ट गरिरहेका छ । रा कहानी टिमले बुधवार ३ बजे कोटेश्वरमा कन्सर्ट सम्पन्न गर्‍यो भने रोज टिमले सोही समयमा गोगंबुमा कन्सर्ट आयोजना गरेको थियो ।