ठुलो स्क्रिनमा गरिएको रोमान्स प्राय अभिनेता अभिनेत्रीहरूको जीवनको निजी अंश बन्ने गरेको छ l त्यस्तै बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिचको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन । यी दुई एकअर्कासँग डेट गइरहेको खबर भारतीय मिडियामा आइरहन्छ । तर अभिनेत्री आलिया भट्टले आफूहरू प्रेममा नरहेको खुलासा गरेकी छिन् । केही समयअघि प्रेममा नरहेको खुलासा गरेता पनि यति बेला बलिउडमा यी दुईको विवाह हुन सक्ने खबरले माहोल गर्माएको छ । रणवीरका बाबु ॠषि कपुरले एक अन्तर्वातामा ''रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धलाई सहमत दिँदै रणवीर जसलाई चाहन्छ उसैसँग विवाह गर्न सक्छ, यो रणवीरको जीवन हो । आलियालाई नितु कपुर मन पराउँछिन् । म मन पराउँछु । रणवीर पनि मन पराउँछ'' l
यसअघि, महेश भट्टले पनि यस सम्बन्धमा सहमत गरेका थिए l पिता भएको नाताले मलाई खुसी लाग्छ आलिया आफ्नो काम आफै गर्न सक्छिन् l यो उसको निजी मामला हो, जुन उसले आफैले निर्णय गरेकी छन् l यही प्रसँगमा महेश भट्टलाई आलिया र रणवीरको विवाहबारे सोध्दा उनले ''मैले आफ्ना छोराछोरीको निजी जीवनको बारेमा कहिल्यै कुरा गरिनँ।" मलाई लाग्छ कि उनीहरू सानै छन् तर यो उनीहरूको अधिकार भएको बताएका थिए l हाल सम्म यी दुईको विवाहबारे कुनै जानकारी नरहेको तर यी दुईको सम्बन्ध मित्रता भन्दा अगाडि रहेको बलिउड सञ्जाल अमर उजालाले खुलासा गरेको छ l यति बेला यी दुई आगामी चलचित्र 'ब्रह्मामास्त्र'को सुटमा व्यस्त छन् l