अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाको पछिल्लो केही समय देखि सम्बन्ध खासै राम्रो छैन । खुलेर एकअर्काको विरुद्ध नबोले पनि यी दुईको क्रियाकलाप हेर्दा सम्बन्ध राम्रो नभएको प्रस्ट हुन्छ । केही समय अघि अभिनेत्री रेखा थापाले नायक अनमोल केसीलाई अङ्कित गर्दै २–३ वटा चलचित्र गर्दैमा कसैलाई सुपर स्टार र मेघास्टारको उपाधि दिन नमिल्ने बताएकी थिइन् । पछिल्लो समय अनमोल केसीलाई मेघा स्टार भन्ने गरिन्छ । रेखाले यसमा आपत्ति जनाएकी थिइन् । त्यस्तै उनले एक अन्तरवार्तामा नायक प्रदीप खड्कालाई नेपालको नम्बर एक हिरो भन्दै अभिनयको प्रशंसा गरेकी थिइन् ।

रेखाले यस्तो अभिव्यक्ति दिँदा नायक अनमोल केसी र अभिनेता भुवन केसी दुवै रिसाएको खबर मिडियामा आएको थियो । तर यी दुवैले मिडियामा केही बोलेनन् । यता भुवन केसीले रेखाको इगोको कारण अनमोलको ‘क्याप्टेन’ तिहारमा रिलिज गरिने घोषणा गरे । तिहारमा रेखा अभिनीत ‘मालीका’ रिलिजको तयारीमा रहेको छ । तर सोमबार चलचित्र रामकहानीको विशेष सोमा भुवन र रेखा दुवै उपस्थित थिए । उनी हर दुवैले एकसाथ मिडियामा चलचित्रको प्रतिक्रिया दिएका थिए । अङ्कमाल गर्दै भुवनले रेखाको प्रशंसा गरेका थिए भने रेखाले भुवनलाई ‘महानायक’ भन्दै सम्बोधन गरेकी थिइन् । मिडियामा मात्र सम्बन्ध बिग्रिएको भन्दै रेखाले मिडियालाई समेत दोष लगाउन भ्याइन् । अब ‘मालीका र क्याप्टेनसँगै रिलिज होला त ? भन्ने पत्रकारको प्रश्नमा दुवै भन्छन् ‘हामीले रिलिज मिति बारे केही सोचेकै छैनौँ।’