यस वर्षको बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । गत वर्ष नै रिलिज हुने भनिएको चलचित्रको टिजर बिहीबार सार्वजनिक भएको हो ।टिजरमा साउथ सुपर स्टार रजनीकान्त र बलिउड स्टार अक्षय कुमार बिचको टकराबलाई देख्न सकिन्छ । यसमा अक्षय भिलेनको भूमिकामा देखिएका छन् ।अन्य चलचित्रको भन्दा अक्षयलाई यस टिजरमा दमदार र फरक देखिएको छ । उच्च भीइफएक्स प्रयोग गरिएको चलचित्र ‘२.०’लाई शंकरले निर्देशन गरेका हुन् । चलचित्रमा एआर रहमानको सङ्गीत रहेको छ । चलचित्रमा एमी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र नोभेम्बर २९मा रिलिज हुँदैछ ।