फेसनको मामिलामा अभिनेत्री प्रियंका कार्की अगाडी छिन् । प्रियंकाको अभिनयसँगै प्राय उनी पहिरनको कारण चर्चामा आइरहन्छिन् । यति बेला भने उनी सामाजिक सञ्जालमा ‘बडी सेमिङ’को सिकार भएकी छिन् । कार्यक्रमको सिलसिलामा भैरहवा पुगेकी प्रियंकाले आफ्नो प्रेमी आयुष्मान देशराजले खिचेको एक बिकिनी तस्बिर इन्टाग्राममा पोस्ट गरेकी थिइन् । उक्त तस्बिरमा प्रियंका दुब्ली देखिएकी छिन् । पोस्ट गरेको केही समयमा सो तस्बिरमा धेरैले नकारात्मक कमेन्ट गरेका थिए । शरीरमा अत्याधिक हड्डी देखिएको, इडिट गरिएको लगायतका नकारात्मक कमेन्ट धेरै भएपछि प्रियंकाले नराम्रो कमेन्ट गर्नेको लागी भन्दै अर्को बिकिनी तस्बिर पोस्ट गरेर ‘स्टप बडी सेमिङ’ लेखेकी छिन् । तस्बिरको तल क्याप्सन लेख्दै आफूले कुनै फोटोसप वा इडिट नगरेको भन्दै पोस्ट गरेको थिइन्। उनको उक्त पोस्टमा एकजनाले कमेन्टमा नै लेखे दिएका छन् ‘नेपाली सेलिब्रेटीलाई कति गाह्रो जे गर्दा नि नहुने ।’ सोही कमेन्टमा प्रियंका चित्त दुखाउँदै रिप्लाई दिन्छिन् ‘हामी महिला अधिकारको बारेमा कुरा गर्छौ तर यहाँ महिलाले महिलाको बेइजत गरिरहेको हुन्छ ।’ साँच्चै नेपाली सेलिब्रेटीलाई कति गाह्राे है !