बलिउडको सर्वाधिक मंहगो भनिएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’बाट अभिनेता आमिर खानको लुक्स सार्वजनिक भएको छ । यस अघि चलचित्रका अन्य कलाकार अभिताव बच्चन, फतिमा सना, अभिनेत्री कट्रिना कैफको लुक्स सार्वजनिक भइसकेको छ । सोमबार भने अभिनेता आमिर खानको लुक्स निर्माण पक्षले सार्वजनिक गरेको हो । जसमा आमिर फिरङगी अवतारमा छन् । उनको लुक्स केही कमेडी देखिएको छ । यस वर्षको प्रतिक्षति मानिएको चलचित्र ठग्स अफ हिस्दोस्तान दिवालीमा रिलिज हुँदै छ । विजय कृष्ण आचार्य निर्देशित यो चलचित्र ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित छ ।