यशराज फिल्मसको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् साथै यु - ट्युबमा पनि ट्रेलरले निकै राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ ।

बिजय कृष्ण आचार्य निर्देशित र लिखित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’मा अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ र फतिमा सना शेख लगायतको मुख्य भूमिका रहेको छ । सार्वजनिक ट्रेलरमा पनि यि पात्रहरुलाई मुख्य स्थान दिइएको छ । भारत र व्रिटेनबिच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्र नोभेम्बर ८ मा रिलिज हुँदैछ ।