गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सुई धागा’ले यति बेला बलिउडको बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री अनुश्का शर्माको मुख्य भूमिका रहेको चलचित्रले पहिलो दिन ८.३० करोडको ओपनिङ गरेको थियो । करिब २५०० हलमा रिलिज भएको चलचित्रले दोस्रो दिन १२.२५ र तेस्रो दिन १६.५ करोड भारु कमाई गरेको छ । चलचित्रले तीन दिनमा कुल ३६.६० करोडको कमाई गरेको छ । चलचित्रमा वरुण दर्जीको भूमिकामा देखिएका छन् । यस राज फिल्मस्को ब्यानरबाट बनेको चलचित्रलाई शारट काटरियाले निर्देशन गरेका हुन् । यस अघि उनले दम लगाके हैसा निर्देशन गरेका थिए ।