पछिल्लो केही समय यता बलिउडमा ‘मि टु’ अभियानले तहल्का मच्चाइरहेको छ । अभिनेत्री तनुश्री दत्ताले केही समय अघि मिडियामा कलाकार नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि मि टुको चर्चा भएको हो । त्यस यता बलिउडका केही हस्तीहरू मि टु मा मुसिएका छन् । तर यति बेला भने बलिउडकी आइटम गर्ल राखी सावन्तले तनुश्री माथीनै अनौठो आरोप लगाएकी छिन् । उनले तनुश्री दत्तामाथीले बलात्कारको आरोप लगाएकी छिन् । बेला बेला विभिन्न अभिव्यक्तिको कारण चर्चामा आइरहने राखीले मिडिया सामु आफ्नो पुरानो साथी तनुश्री दत्ताले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले तनुश्री केटी नभई केटा भएको र सोही कारण कपाल पनि खौरिएको बताएकी छिन् । आफू मिल्ने साथी हुँदा तनुश्रीले नशालु पदार्थ खुवाएर आफू माथि बलात्कार गरेका र धूम्रपान समेत खान सिकाएको बताएकी छिन् ।