बलिउड अभिनेता सलमान खानले धेरैले करियरलाई पुनः स्थापित गर्न मद्दत गरेका छन् । कलाकार देखि गायक–गायिकाको करियरलाई सलमानले उठाइदिएका छन् । यति बेला यी खानले भारतको चर्चित कमेडियन कपिल शर्मालाई पुनः स्थापित गर्न लागिपरेका छन् । विभिन्न कारण कपिल शर्माको कमेडी सो ‘द कपिल शर्मा सो’ विवादमा आइरहेको थियो । त्यस्तै कपिलको स्वास्थ्य बिग्रिएको कारण पनि यो सो बन्द भएको थियो । भारतीय मिडिया अनुसार अभिनेता सलमान खानको लगानीमा कपिल शर्मा पुन टेलिभिजनमा फर्किने भएका छन् । यो सो लाई सलमान खानको ब्यानरले निर्माण गर्ने भएको हो । यसअघि सो लाई के नाइन प्रोडक्शन र फ्रैम्स प्रोडक्शनले संयुक्त रूपमा प्रडुस गरेको थियो ।अघिल्लो एपीसोडमा भएको घटना पश्चात् फ्रैम्स प्रोडक्शनले काम गर्न मनाही गरेको थियो । सोही कारण शर्मालाई सर्पोट गर्दै सलमानले प्रडुस् गर्न लागेका हुन् । सोमा प्राय पुराना कलाकारहरू नै दोहोरिने छन् । जसमा उपासना सिंह, चन्दन प्रभाकर, अलि असगर, सुगंधा मिश्र, कीकू शारदा, भारती सिंह र सुमोना चक्रवर्ती लगायतका कलाकारहरू रहने बताइएको छ । यो सो २०१९को जनवरीबाट प्रसारण हुन सक्ने भारतीय मिडियाले जनाएको छ । विवादका कारण सो छोडेका अर्का कमेडियन सुनिल गो्रभरलाई पनि च्यानल र कपिलले आउनका लागी आग्रह गरिरहेका छन् । तर सुनिले चलचित्रको लागी व्यस्त भएका कारण कपिलको सोमा आउन सक्ने या नसक्नेबारेमा केही खुलाएका छैनन् ।