गायक शिव परियारको आवाज र चर्चित नृत्य समूह ‘भिमफेदी गाइज’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘भेट भयो सोल्टिनीसँग’ बोलको गीतमा नारायण कँडेलका शब्द तथा रमेश कायस्थको सङ्गीत रहेको छ l भिडियोमा भीमफेदी गाइजसँगै नायिका आँचल शर्माको अभिनय देख्न सकिने छ l निर्मल लामाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायाङ्कन साथै पवन सुस्लिङले सम्पादन गरेका छन् l