बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्र मानिएको जिरोको ट्रेलर शाहरुखको ५३ औँ जन्मदिनमा रिलिज गरिएको हो । ट्रेलरमा शाहरुखसँगै दुई अभिनेत्री अनुष्का शर्मा र कैटरिना कैफ फिचर्ड छन् । जिरोमा शाहरुख होचो मानिसको भूमिकामा देखिएका छन् । 
 

डिसेम्बर २१ मा रिलिज हुने चलचित्रलाई आनन्द एल रायले निर्देशन गरेका छन्। चलचित्रमा बलिउड अभिनेता सलमान खान केमियो भूमिकामा प्रस्तुत भएका छन्। चलचित्र २०० करोड भारुमा बनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।